सेती नदीमा जगत पुन मृत फेला
पाेखरा | बैशाख ३, २०८१
पोखरा: कास्कीका माछापुच्छ«े गाउँपालिका घर भएका जगत पुन सेती नदीमा मृत फेला परेका छन् ।
बैशाख १ गतेदेखि हराइरहेका जगत पुन आज (सोमबार) सेती नदीमा मृत फेला परेका हुन् ।
कास्कीका माछापुच्छ«े गाउँपालिका–१ करुवा बस्ने अन्दाजी २५ वर्षीय जगत पुन वैशाख १ गतेदेखि कसैको सम्पर्कमा नआएपछि आफन्तले खोजतलाज गर्ने क्रममा आज सेती नदी किनारामा उनको कपडा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
खोजतलाज गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण पोखराबाट खटिएको सशस्त्र प्रहरी बल तथा गोताखोर टोलीले जगत पुनलाई मृत फेला पारेको थियो ।
शवलाई स्थलगत मुचुल्का तयार गरेर पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

